काठमाडौँ । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका-९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगर छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन उनीबाट बरामद भएको प्रहरीको भनाइ छ ।