७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व अनुसन्धान विभागले २५ हजार कुर्था-सुरुवालदेखि ८० जोर चप्पल लिलाम गर्दै 

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बराम गरेका विभिन्न सामान लिलाम बिक्री गर्न आज आइतबार सूचना जारी गरेको छ ।

विभाग अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले जारी गरेको सूचना अनुसार ती सामान एकमुष्ट लिलामी गरिने छ । जसको मूल्य ५ करोड ३६ लाख २ हजार ४ सय ६६ रुपैयाँ बराबर छ । यो मूल्य अभिवृद्धि कर (भ्याट) सहित हो ।

कार्यालयका अनुसार यसरी लिलाम गरिने वस्तुमा सारी, स्वेटर, कुर्थासुरुवाल, टप्स, ज्याकेट, जुत्ता, चप्पल, टेम्पर ग्लास, इयरबड, मोबाइल कभर, जिन्स पाइन्ट, स्मार्ट वाच लगायत छन् ।

जसमा १ सय ३८ थान सारी, १ सय ६० थान स्वेटर, २५ हजार ८ सय ७३ थान कुर्थासुरुवाल, ९ सय ३३ थान टप्स, २ सय ९ थान ज्याकेट, ६४ जोर जुत्ता, ८० जोर चप्पल, २ हजार २ सय ४२ थान टेम्पर ग्लास, २ हजार ३ सय ४० थान इयरबड, १ हजार ४ सय ७४ किलो मोबाइल कभर, १ सय ४ थान जिन्स पाइन्ट, २ हजार २ सय ९६ थान स्मार्ट वाच, १ हजार ९ सय ९० थान मोबाइल डिस्प्ले, नोकिया मोबाइल २ सय थान, १ हजार ५ सय थान कस्मेटिक, ३० थान सर्ट, ८ सय ७० मिटर ड्रेस मेटरियल र ६५ इन्चको एक थान टेलिभिजन सेट लिलाम गर्न लागेको हो ।

ती सामान जे-जस्तो अवस्थामा छन्, सोही अवस्थामै सिलबन्दी दरभाउपत्रका माध्यमबाट लिलाम गरिने कार्यालयले जनाएको छ । दर्ता भएका इच्छुक फर्म तथा कम्पनीले लिलाम बिक्रीमा सहभागी हुने पाउने छन् । सिलबन्दी दरभाउ पत्र बुझाउने म्याद १५ दिन छ ।

प्रतिक्रिया दिनुहोस