१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संसदीय दलको बैठकमा उठ्यो हिन्दु राष्ट्रको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको संसदीय दलको बैठकमा हिन्दु राष्ट्रको माग पुनः उठाएका छन् । अध्यादेशमा रहेका विषयवस्तु बारे जानकारी गराउने उद्देश्यले बोलाइएको बैठकमा सांसदहरुले आज धारणा राख्ने कार्यतालिका थिएन ।

यद्यपि, सांसद भण्डारीले आफूले बोल्न समय माग गरेपछि सभापति शेरबहादुर देउवाले धारणा राख्न समय दिएका थिए ।

‘आज फ्लोरबाट कसैले नबोल्ने कार्यसूची बनेको थियो । शंकर भण्डारीले बोल्छु भनेर भनिराख्नु भयो,’ बैठकमा सहभागी एक सांसदले भण्डारीको बोली उद्धृत गर्दै भने, ‘तपाईँहरूले संविधानको छलफल थाल्नुभएको छ । हिन्दु राष्ट्रको मुद्दालाई संविधान संशोधनका बेला बेवास्ता गर्नुभयो भने पार्टी ठिक ठाउँमा रहँदैन ।’

बैठकमा महामन्त्री गगन थापाले अध्यादेशका लागि प्रतिस्थापन विधेयक सच्याएर ल्याउने काम सरकारको भएको बताएका थिए ।

गृहमन्त्री रमेश लेखकले अध्यादेशमा त्रुटि रहेको भए प्रतिस्थापन विधेयकमा सच्चिएर आउने जानकारी गराएका थिए ।

कानुन सुधार कार्यदलका सदस्यहरू अधिवक्ता सेमन्त दाहाल र योजनाविद् प्रताप पौडेलले सुशासनका लागि कानुनहरू संशोधन गरेर गर्नुपरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस