१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी संगठन प्रम कार्यालय विभागीय समितिमा नयाँ नेतृत्व चयन

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ ।

समितिको १२औँ अधिवेशनले झलनाथ नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको खुला उपाध्यक्षमा महेशचन्द्र गिरी, महिला उपाध्यक्षमा अन्जु भट्टराई, सचिव सदानन्द सापकोटा, सहसचिव अम्बर अधिकारी, कोषाध्यक्ष रामबाबु खनाल निर्वाचित गरेको छ । 

यसैगरी समितिको सदस्यहरूमा उर्मिला घिमिरे, रमला पराजुली, चन्द्रेश्वर राना, भूपध्वज राई र पूर्णप्रसाद अगस्थी छन् । केन्द्रीय प्रतिनिधि खुलामा राम घिमिरे, केन्द्रीय प्रतिनिधि महिलामा तारा न्यौपाने पोखरेल निर्वाचित भएका छन् । 

प्रदेश प्रतिनिधिमा खुलामा देवेन्द्र सुवेदी, प्रदेश प्रतिनिधि महिलामा रुक्मणी भट्टराई, लेखापरीक्षण आयोगको संयोजकमा अर्जुन गौतम र सदस्यमा झुमा घिमिरे निर्वाचित भएका छन् । 

अधिवेशनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नेतृत्वबाट पेसागत हक हितको सुरक्षा एवं प्रशासनलाई सुदृढ, सक्षम, सेवामूलक, सभ्य र जनमुखी बनाई राष्ट्रिय लक्ष्य प्राप्तिका लागि भूमिका खेल्न आग्रह गरेका छन् । निजामती सेवालाई छिटोछरितो, मर्यादित, व्यावसायिक तथा नतिजामूलक बनाउँदै जनताको विश्वास आर्जन गर्न पनि उनले आग्रह गरेका छन् । 

अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीका आर्थिक मामिला तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले सरकारको भावनाअनुसार जनउत्तरदायी भई प्रभावकारी काम गर्न आग्रह गरे। निजामती कर्मचारीले पदीय मर्यादामा रही निष्पक्ष सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो । निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै कर्मचारीको हितमा काम गर्न नयाँ समितिले योगदान गर्ने विश्वास गरे ।

प्रतिक्रिया दिनुहोस