काठमाडौँ । स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कले स्टारलिंकको डाइरेक्ट टु सेल स्याटेलाइट सेवाको घोषणा गरेका छन् । मस्कले सोसल मिडिया प्लाटफर्म एक्समा उक्त सेवाको परीक्षणको घोषणा गरेका हुन्।
डाइरेक्ट टू सेल स्याटेलाइटको बिटा सर्भिस सोमबार जनवरी २७ देखि सुरु हुनेछ । मस्कले एक्समा लेखेका छन्ः स्टारलिंक डाइरेक्ट, स्याटेलाइटबाट मोबाइल फोनमा इन्टरनेट कनेक्टिभिटीको बिटा टेस्टिंग ३ दिनमा सुरु हुनेछ ।
स्पेस एक्सको यो कदम विश्वको मोबाइल फोन कनेक्टिभिटीको क्षेत्रमा निकै महत्त्वपूर्ण कोशेढंगा साबित हुनेछ । योसँगै फोन प्रयोगकर्ताले मोबाइल फोनको नेटवर्कका लागि सेवा प्रदायकका कम्पनीका टावरबाट आउने तरंगमा निर्भर हुनुपर्ने छैन र निरन्तर तथा गुणस्तरीय टेलिफोन नेटवर्क प्राप्त हुनेछ ।’