जनकपुर । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ ।
विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट चार वर्षे कार्यकालका लागि पासवानलाई नियुक्त गरिएको परिषद्ले जनाएको हो । परिषद्को ऐनको दफा १७ (१) बमोजिम चार वर्षका लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शीतल साहले जानकारी दिए।
पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका-१ सनुखरा निवासी हुन् । जनकपुरधामसहित महोत्तरी र मिथिला माध्यमिकी परिक्रमा क्षेत्रभित्रका सीमावर्ती विभिन्न पालिकाका धार्मिक सम्पदा, धरोहरहरूको संरक्षण संवर्द्धनका लागि संस्थापक काँग्रेसका तत्कालीन नेता महेन्द्रनारायण निधिको नेतृत्वमा गठन भएको थियो ।