काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक आह्वान गरेको छ । दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी विधानको दफा १३ (१) बमोजिम माघ १६ गते बिहान ११ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् ।
दलका नेता रवि लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलो पटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएको नेताहरूले बताएका छन् ।
केन्द्रीय कार्यालयमा बुधबार बस्ने बैठकमा संसदको आगामी अधिवेशन तयारीका सम्बन्धमा छलफल हुनेछ । यसैगरी समसामयिक जनसरोकारका विषय, रास्वपाले उठाउनुपर्ने मुद्दाहरू टुंग्याइने उपनेता श्रेष्ठले बताए ।