काठमाडौँ । सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । सभामुख घिमिरेले बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्न लागेको हो ।