९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगति समीक्षा

अ+ अ-

काठमाडौँ । नेपाल र भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको प्रगति समीक्षा गरेका छन् ।

१२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न भारतले नेपाललाई २५ करोड अमेरिकी डलर बराबर अनुदान सहायता दिने प्रतिबद्धता गरेको थियो ।

भारतको सहायता चार भिन्न क्षेत्रका लागि छुट्याइएको छ । जसमा सर्वसाधारणका घर पुनर्निर्माणमा १० करोड डलर, शिक्षामा ५ करोड, स्वास्थ्य ५ करोड र सांस्कृतिक सम्पदामा ५ करोड डलर छ ।

ती सबै परियोजना अनुगमन गर्न अगस्ट २०१७ मा संयुक्त परियोजना अनुगमन समिति गठन भएको थियो ।

दुई देशबीचको उक्त समितिको पछिल्लो बैठक १४ माघमा काठमाडौंमा भयो । बैठकको नेतृत्व भारतका तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर र नेपालका तर्फबाट सहरी विकास मन्त्रालयका सहसचिव पद्मकुमार मैनालीले गरेका थिए ।

बैठकमा दुवै देशका सरकारी अधिकारीहरू, परामर्शदाता, सरोकारवाला लगायत सहभागी थिए ।

बैठकमा चार क्षेत्रमा सञ्चालित परियोजनाको बृहत् समीक्षा गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सर्वसाधारणको घर पुनर्निर्माण परियोजना सन् २०२१ र शिक्षा क्षेत्रको परियोजना २०२४ मा सफलतापूर्वक सम्पन्न भइसकेको दूतावासले जनाएको छ ।

त्यसैगरी स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाका प्रगतिप्रति दुवै देशले सन्तुष्टि जनाएको र तोकिएको मितिभन्दा पहिले नै काम सम्पन्न गर्ने प्रतिबद्धता बैठकमा जनाइएको थियो ।

अक्टोबर २०२३ मा बसेको समितिको बैठकयता भारतले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय पुनर्निर्माण सहित शिक्षा क्षेत्रका २६ परियोजना नेपाललाई हस्तान्तरण गरिसकेको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रका ३२ परियोजना र सांस्कृतिक सम्पदातर्फका ३ परियोजना पनि हस्तान्तरण गरिसकेको छ । यी परियोजनाको लागत ३ अर्ब ३५ करोड रुपैयाँ बराबर रहेको भारतीय दूतावासले जनाएको छ ।

यसैगरी सोही अवधिमा स्वास्थ्य क्षेत्रका ४३ परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रका ९ परियोजना सम्पन्न भएका छन् । जसको कुल लागत १ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ बराबर छ ।

समिति बैठकमा दुवै पक्षले भूकम्पपछिको पुनर्निर्माणका परियोजनाले आर्थिक तथा सामाजिक रूपमा पारेको सकारात्मक प्रभाव एवं नेपालका दुर्गम भेगमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा थपिएका सेवा सुविधा र रोजगारी सिर्जनाबारे प्रशंसा गरेका थिए ।

यसैबीच भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले ललितपुर महानगरपालिका-८ गुइटा टोलस्थित गुस्थल महाविहार पुनर्निर्माण परियोजना भ्रमण गरेका थिए ।

समितिको अर्को बैठक आपसी सहमतिमा सुविधाजनक मितिमा आयोजना गर्न दुवै पक्ष सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस