७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवन बीमा कम्पनीबाट ७ अर्ब ४६ करोड रुपैयाँ बाहिरियो

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको छ महिनामा बीमा कम्पनीहरूबाट ७ अर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ । बीमा पोलिसी सरेण्डर मार्फत चालू आवको साउनदेखि पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरूबाट ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बाहिरिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा ५४ हजार ४१४ जना बिमितले पोलिसी सरेण्डर गरेका हुन् । यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । यस कम्पनीको १३ हजार ९६८ वटा पोलिसी बापतको २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको १२ हजार २४१ वटा पोलिसी बापतको २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।

प्राधिकरणको अनुसार चालू आवको छ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ६७ करोड ६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा नेशनल लाइफ इन्स्योरेन्सको ४६ करोड ५१ लाख रुपैयाँको सरेण्डर भएको छ । यसका साथै मेट लाइफको १९ करोड ६६ लाख र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट ९ करोड ८६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ३३ करोड २३ लाखको भएको छ । यसका साथै सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको ३८ करोड ९४ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १३ करोड १२ लाख र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ११ करोड ५८ लाख बराबरको पोलिसी सरेण्डर भएको छ ।

त्यस्तै, यस अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ८२ बराबरको सरेण्डर भएको छ । यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५६ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

प्रतिक्रिया दिनुहोस