७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिदको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली- सभामुख घिमिरे

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरे सहिद दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई एकताको भावनासहित अघि बढ्न आह्वान गरेका छन् ।

सहिद दिवस २०८१ को अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा सहिदहरूले सिकाएको सहिष्णुता, एकता र दृढताको मार्गमा अघि बढ्दै उनीहरूको बलिदानलाई सम्मान गर्नु नै सच्चा श्रद्धाञ्जली हुने उल्लेख छ । “नेपालको दिगो विकास र समृद्धि मात्र सहिदहरूको सपना पूरा गर्ने माध्यम हो”, सन्देशमा भनिएको छ, “देशको समृद्धि हासिल गर्नका लागि हाम्रा योजना र स्रोतलाई सही ढंगले परिचालन गर्दै नेपालीको जीवनस्तर सुधार गर्नुपर्ने छ ।”

विभिन्न आन्दोलनको जगमा अहिले संघीयतासहितको लोकतान्त्रिक प्रणालीमा आइपुगेको उल्लेख गर्दै लोकतन्त्रका खातिर जीवन आहुति दिने सहिदको सपनालाई साकार पार्नु साझा दायित्व सन्देशमा छ । सन्देशमा भनिएको छ, “सहिदहरूले चाहेको न्यायपूर्ण समाज, समानता र समृद्धिका लागि हामीले आफ्नो कर्तव्य निर्वाह गर्नपर्दछ, निष्ठा, पारदर्शिता र इमानदारीका साथ काम गर्दै सहिदहरूले देखाएको मार्ग अनुसरण गर्नु आजको आवश्यकता हो ।”

सभामुख घिमिरेले मुलुकको स्वाधीनता, लोकतन्त्र, मानव अधिकार र समतामूलक समाजको परिकल्पनाका लागि विभिन्न ऐतिहासिक आन्दोलनमा सहिदहरूले ज्यानको आहुति दिएर देशलाई नयाँ मार्ग दर्शन दिएका र शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगलाल श्रेष्ठजस्ता अमर सहिदले दिएको बलिदानको जगमा हाम्रो देशमा राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।

सभामुख घिमिरेले ऐतिहासिक तथा लोकतान्त्रिक आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात महान् सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिद दिवसले सबैलाई देश र जनताको सेवा गर्न थप प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस