काठमाडौँ । समाजवादी मोर्चाको बैठक जारी छ । पछिल्लो समसामयिक राजनीतिक परिवेशका बारेमा छलफलका लागि बैठक बसेको बताइएको छ ।
आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूको सहभागिता रहेको छ ।
लामो समयदेखि निष्क्रिय रहेको मोर्चा नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालको सक्रियता ब्युँताइएको हो । मोर्चा ब्यूँत्याइएपछि सक्रियता बढ्न थालेको छ ।
यद्यपि नेकपा एसकै सम्मानित नेता झलनाथ खनालले यसको औचित्य नरहेको टिप्पणी गरेका थिए ।