५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयकको व्यवस्था काँग्रेसले स्विकार्दैन’ : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्र कुण्ठित गर्ने आएको विधेयकलाई काँग्रेसले स्वीकार गर्न नसक्ने बताएका छन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक ल्याउँदै गर्दा दुई दलबीच गहन छलफल नभएको पनि बताएका छन् ।

‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर हुने कर्म हामी प्रतिपक्षमा रहँदा होस् वा सत्तामा हुँदा कुनै मन्त्रालयबाट अघि बढ्छ भने अस्वीकार हुन्छ,’ शर्माले गर्दै भने ।

विधेयक ल्याउन सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन खोजेरै ल्याइएको हो भनेर भने पनि त्यसको भारी काँग्रेसले नबोक्ने शर्माको दाबी छ ।

‘अभिव्यक्ति स्वतन्त्रता र मर्म र मूल्यको सन्दर्भमा काँग्रेसको दृष्टिकोण यो विधेयकले प्रतिनिधित्व गर्दैन,’ शर्माले भने ।

शर्माले जनमत, सरोकार, नियमन गर्ने अरु विधिहरू ख्याल नै नगरी विधेयक ल्याउने कार्य भएको बताए ।

फेक आइडी बनाउने, अमर्यादित ढंगले गाली गर्ने, अश्लील सामग्री पोष्ट गर्ने नियन्त्रण गर्ने सन्दर्भमा भने आम नागरिक र सामाजिक सञ्जाल प्रयोगकर्ताकै चाहना पनि रहेको पनि शर्माले बताए ।

‘मिस र डिस इन्फर्मेशनले परेको असर र परीक्षण गर्न पनि मर्यादित ढंगको सोच जरुरी नै छ,’ शर्माले अघि भने, ‘तर, अहिले आएको आएको विधेयक अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने खालको छ ।’
उनले कतिपय विषयहरू प्रेस काउन्सिलले हेर्न मिल्ने पनि बताए ।

कतिपयमा कारबाही प्रक्रिया फरक तरिकाले गर्न सकिनेमा फौजदारीमा तान्न खोजिएको प्रावधानहरूप्रति उनको आपत्ति छ ।

‘अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विश्वप्रकाश शर्मा प्रवक्ता हुँदा जारी भएको वक्तव्यसँग अहिले महामन्त्री हुँदा पनि प्रतिबद्ध छ,’ शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक हामीसँग परामर्श नगरी जारी गरिएको छ । हाम्रो आपत्ति छ ।’

प्रतिक्रिया दिनुहोस