६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगी-व्यवसायीले भने-‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’

अ+ अ-

काठमाडौँ । उद्योगी-व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाइ कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरूले सरकारले लगानीका लागि कानुनी जटिलता हटाउनुपर्नेमा जोड दिएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीलाई सहज भएको बताए । उनले भने, “सरकारले ल्याएको अध्यादेश महत्त्वपूर्ण छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।” 

नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले भनिन्, “सहज ढंगले उद्योग व्यवसाय गर्न आर्थिक नेटवर्किङ महत्त्वपूर्ण भएकाले बैंक वित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरूका लागि विश्वास गर्नुपर्छ ।”

बिजनेस अक्सिजनका सिइओ सिद्धान्तराज पाण्डेले बिदेसिने युवाहरूलाई नेपालमा राख्न सहज लगानीको वातावरण र कानुनी झन्झटबाट मुक्त गरिनुपर्ने बताए । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तीय संस्थाले ठुलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे । 

औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेशकुमार गुप्ताले पछिल्लो समय नवप्रवर्तनको दायरा बढ्दै गएको बताउँदै भने, “केही वर्षयतादेखि नवप्रवर्तनको दायरा फराकिलो बन्दै गएको छ । हामीले निरन्तर उद्यमी नहुन्जेल फलो गरिरहेका छौँ ।”

प्रतिक्रिया दिनुहोस