८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संकटाले जित्यो सभापति कप फुटबलको उपाधि 

अ+ अ-

काठमाडौँ। नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । गोलकिपर दीप कार्कीले पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाईनलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा पुगेको थियो ।

आयोजक टिमका गोलकिपर विशेकले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात गरेको थियो । तर खेलले नाटकीय मोड लिँदा नतिजा संकटाकोपक्षमा गयो ।

संकटाका लागि लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे ।

संकटाका गोलकिपर दीप कार्कीले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

त्यसअघि निर्धारित समयमा दुवै टोलीले गोलका लागि अवसर बनाउन सकेनन् । दुवै टोली फिनिसिङ थर्डमा चुकेको थियो ।

प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन् । उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ ।

प्रतिक्रिया दिनुहोस