काठमाडौँ । राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाश प्राप्त उपरथी याम प्रसाद ढकाल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले ढकाललाई एनसीसीको महानिर्देशक नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका ढकाल केही महिनाअघि अवकाश भएका थिए ।