काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलमा प्रा. डा. अक्कलदेव मिश्र नियुक्त भएका छन् । छनोट समितिले प्रा. डा. मिश्र र सहप्राध्यापक उद्धव सिग्देलको नाम सिफारिस गरेको थियो ।
दुई जनामा मिश्रको अंक धेरै भएकाले त्रिविको कार्यकारी परिषद्ले मेरिटको आधारमा मिश्रलाई नियुक्त गरेको हो ।
हालका प्रिन्सिपल ध्यानेन्द्र राईको कार्यकाल १९ गते सकिने भएकाले मिश्रले आइतबारदेखि केन्द्रीय क्याम्पसको नेतृत्व सम्हाल्ने छन् ।