६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा

अ+ अ-

लमजुङ । लमजुङको उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम चरणमा पुगेको छ । डुम्रे-बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मर्स्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यतिबेला पहिरो रोकथामका लागि मर्स्याङ्दी नदी किनारमा काम भइरहेको उनको भनाइ छ । ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ ।

त्यस्तै, अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम र नाली निर्माण गर्न बाँकी रहेको सो कार्यालयका सूचना अधिकारी विष्टको भनाइ छ । कार्यालयका अनुसार सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ । 

यस कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना विसं २०८१ पुस महिना पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता म्याद रहेको थियो । सो निर्धारित समयमा काम सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै आगामी असोज महिनासम्म थप गरिएको सो कार्यालय सूचना अधिकारी विष्टले बताए । सो पहिरो माथि रहेको स्थानीय सडक भासिएर ढुङ्गा, माटो, गेगराङ झरेर काम गर्न समस्या लगायत विविध कारणले गर्दा निर्माण कार्य लम्बिइरहेको उनको भनाइ छ । उनले भने, सडक तल मर्स्याङ्दी नदीमा पानीको बहाव बढी भएर पर्खाल लगाउन र सो स्थानमा पहिरो खस्ने गरेकाले नाली निर्माण, कालोपत्रे गर्ने कार्यमा समस्या हुँदा समयमा काम सम्पन्न नभएको हो । 

यस स्थानमा विसं २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो ।

बयालीस किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रूपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रु यात्रा गर्ने गर्दछन् । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसरहसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो । 

त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा बर्सेनि जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए । सो स्थानमा गएको पहिरोको रोकथामकार्य अझै सम्पन्न नहुँदा यात्रु सो स्थानमा आवतजावत गर्दा माथिबाट पहिरो खस्छकी भन्ने डर, पहिरो हेर्दै हिड्नुपर्ने हो कि दुर्घटना हुन्छ कि भन्ने डरमा यात्रा गर्ने गरेको यात्रुको भनाइ छ । विषेशगरी वर्खायाममा यस सडक निकै जोखिम बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस