५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार हो: मुख्यमन्त्री आचार्य

अ+ अ-

गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधारका रूपमा पर्यटन क्षेत्र रहेको बताएका छन् । 

जिल्लाको मदाने गाउँपालिका-६ स्थित कंके देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनाको आज स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै पर्यटन प्रवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।

उक्त खानेपानी आयोजना गुल्मी, अर्घाखाँची र प्युठानको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण योजना रहेको बताउँदै मुख्यमन्त्री आचार्यले यसले स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्ने विश्वास व्यक्त गरे । उनले तीनै तहका सरकारले यसलाई साझा आयोजनाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार प्रदेश सरकारले लुम्बिनीको सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई जोडेर पर्यटन ‘सर्किट’ निर्माण गर्ने योजना अघि सार्दै आएको छ । प्रदेशभित्रका प्रमुख धार्मिक स्थल, पुरातात्त्विक क्षेत्र, पर्यटकीय गन्तव्य र जैविक विविधता सम्पन्न स्थानहरूलाई आपसमा जोडेर आकर्षक पर्यटन सर्किट निर्माण गर्ने तयारी भइरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । उनले यसबाट आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयसम्म प्रदेशमा बस्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राखे ।

“लुम्बिनी प्रदेश ‘मिनी’ नेपालका रूपमा परिचित छ । यहाँ हिमाल, पहाड, तराईको विविधतायुक्त भूगोल छ । यहाँ रहेका पुरातात्त्विक सम्पदाहरूको संरक्षण गरेर बाह्य पर्यटकलाई भित्र्याउने मुख्य संकल्प प्रदेश सरकारको छ”, मुख्यमन्त्री आचार्यले भने । पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धि, रोजगारीका अवसर, जीवनस्तर सुधार गर्ने मेरुदण्डका रूपमा विकास गर्दै लैजाने उनको भनाइ छ ।

“पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण, सेवा प्रवाहमा सुधार र समग्र पर्यटकीय गतिविधि प्रवर्द्धनमा जोड दिएका छौँ”, मुख्यमन्त्रीले भने, “पर्यटनको क्षेत्रबाट स्थानीय स्तरमा प्रशस्त रोजगारीका अवसर सृजना गर्न सकिन्छ ।” प्रदेश सरकारले दिगो पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्दै आएको बताउँदै नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभाका सांसद सूर्य थापा, पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्री, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, रेसुंगा नगरपालिकाका प्रमुख खिल ध्वज पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, इश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्कालगायत व्यक्तिको सहभागिता थियो । अन्तरक्रिया कार्यक्रमले कंके देउराली जलाशय र बृहत्तर खानेपानी आयोजनालाई साझेदारी रूपमा अघि बढाउँदै आपसी समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस