११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरियाका अन्तरिम राष्ट्रपति पहिलो विदेश भ्रमणमा साउदी अरबमा

अ+ अ-

काठमाडौँ । बशर अल असदको सत्ताच्युत भएपछि सिरियाको अन्तरिम राष्ट्रपति बनेका अहमद अल-शराले पहिलो अन्तर्राष्ट्रिय भ्रमणका लागि आइतबार साउदी अरबतर्फ प्रस्थान गरेका छन् ।

सिरियाली राष्ट्रपति कार्यालयले ’राष्ट्रपति शरारा र असद अल-शैबानी साउदी अरबको पहिलो औपचारिक भ्रमण’ शीर्षकमा एउटा निजी जेटमा सवार शरा र उनका विदेश मन्त्रीको एक्सको तस्बिर पोस्ट गरेको थियो ।

गत डिसेम्बरमा असदलाई सत्ताच्युत गर्न नेतृत्व गरेका शरालाई बुधबार अन्तरिम राष्ट्रपतिमा नियुक्त गरिएको थियो । साउदी अरबका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानले शरालाई राष्ट्रपतिमा उनको आधिकारिक नियुक्तिसँगै सबैभन्दा पहिले बधाई दिएका थिए ।

सिरियाली अधिकारीहरूले युद्धले तहसनहस भएको आफ्नो देशको पुनर्निर्माण र अर्थतन्त्रलाई पुनर्जीवित गर्न धनी खाडी मुलुकहरूमाथि भरोसा गरिरहेका छन्।बिहीबार दमास्कसले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागत गरेको थियो, जसले ‘स्थिरतालाई सुदृढ गर्न र पुनर्निर्माण, विकास र समृद्धि परियोजनाहरूमा अगाडि बढ्नका लागि’ सिरियाली समाजको सबै पक्षको प्रतिनिधित्व गर्ने सरकार गठन गर्न तत्काल आवश्यकतामा जोड दिएका थिए ।

दमास्कसका अनुसार दुवै पक्षबीच पुनर्निर्माणबारे छलफल भएको थियो । गत डिसेम्बरमा असदलाई सत्ताच्युत गरेयता सिरियाली नयाँ अधिकारीहरूले कूटनीतिक आगन्तुकहरूको निरन्तर प्रवाह प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस