७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ महिनामा शोधनान्तर स्थिति साढे २ खर्बले बचतमा पुग्यो

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिना (साउन-पुस) मा शोधनान्तर स्थिति साढे २ खर्ब रुपैयाँले बचतमा पुगेको छ ।

नेपालबाट बाहिरिने रकमको तुलनामा भित्रिने धेरै हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । पुस मसान्तसम्म २ खर्ब ४९ अर्ब २६ करोडले शोधनान्तर स्थिति बचतमा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ८२ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्ष २ अर्ब ६ करोड बचतमा थियो ।

यस अवधिमा चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५६ करोड बचतमा थियो ।

अमेरिकी डलरमा १ अर्ब ८ करोडले चालु खाता बचतमा छ । अघिल्लो वर्ष डलरमा चालु खाता १ अर्ब २२ करोडले बचतमा थियो । ६ महिनामा खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड छ ।

यो अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५० करोड भित्रिएको छ । अघिल्लो वर्ष ४ अर्ब ५४ करोड मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस