८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका विभिन्न स्थानमा आगलागी, ३२ लाख बढीको क्षति

अ+ अ-

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा भएको आगलागीबाट रु.३२ लाख बढीको क्षति भएको छ ।

आइतबार बुढानीलकण्ठमा रहेका छ वटा घर तथा पसलमा र कोटेश्वरको एउटा घरमा आगलागी हुँदा सो क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए । बुढानीलकण्ठ नगरपालिका–८ महाकालस्थित रामचन्द्र पराजुलीको जग्गा भाडा लिई जस्ताले बनाएका सटरहरूमा आगलागी भएको आचार्यले बताए ।

प्रहरीका अनुसार आगलागीमा बुढानीलकण्ठ कपन बस्ने ईश्वर गौतमको फर्निचर उद्योग, सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–७ घर भएका वीरेन्द्र साहको माछा पसल, सोही नगरपालिका–८ भङ्गाल बस्ने दोलखा सैलुङ गाउँपालिका–५ घर भएका रुद्र बस्नेतको क्याटरिङको सामान पसल जलेको हो ।

सोही सटरमा जोडिएको सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिला बहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापाका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा पनि आगलागी भएको थियो ।

उक्त आगलागीबाट रु. २५ लाख १४ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका–१ का ३३ वर्षीय रामबहादुर थापाको कोठामा आजै विद्युत् सट भई आगलागी भएको छ ।

उक्त आगलागीमा करिब रु. सात लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस