८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज मधेश केन्द्रित ८ दलको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । मधेश केन्द्रित ८ दलको बैठक आज बस्दैछ । आठ दलीय मोर्चा बनाउने प्रयासमा रहेका मधेश केन्द्रित नेताहरूको संयुक्त बैठक दिउँसो एक बजे नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।

मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि, रक्षाका लागि आगामी दिनमा समान रणनीति बनाएर जाने विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका नेता केशव झाका अनुसार समान विचारवाहक आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजनासम्बन्धी छलफलका लागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरूलाई आज बैठकमा बोलाइएको हो ।

बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरीलाई बोलाइएको छ ।

यस्तै, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, रामुपा नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र व्रज किशोर सिंह र जनता प्रगतिशील पार्टीबाट शिवजी यादव पनि बैठकमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस