काठमाडौँ । गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौँ स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरूमा बिदा दिएको हो ।
२०७४ साल माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकोले त्यसै दिनलाई आधार मानेर प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढिरहेको बताए । साथै “भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्दै दिगो विकासका लक्ष्य भेट्टाउने दिशामा सरकारले आफ्ना नीति, कार्यक्रम सञ्चालन गरिरहेको छ”, मुख्यमन्त्री पाण्डेले शुभकामना दिएको छ ।