काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिका वडा नं.३ स्थित एक स्थानीयको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
आइतबार चन्दननाथ नगरपालिका वडा नं.३ का एक स्थानीयको घरमा लागेको आगो नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार स्थानीय बासिन्दा तथा अन्य निकायहरूको सहयोगमा सेनाको श्री देवीदत्त गणबाट परिचालित फायर फाइटिंग टोलीले आगो नियन्त्रणमा लिइएको हो।

