काठमाडौँ । सरकारले सात जना कर्मचारीको सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस बमोजिम निजामती सेवाका विभिन्न सेवा समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात अधिकृतको सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।