७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जस्तापाताले घर छाउन विपन्न परिवारलाई रकम वितरण

अ+ अ-

कञ्चनपुर । अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले रकम उपलब्ध गराउन थालेको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो । नगरपालिकाका सव इञ्जिनियर धीरज ऐरका अनुसार सुरक्षित आवासअन्तर्गत गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरबार विहीन भएका परिवारको छनोट गरी आवास निर्माणका लागि दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने कार्य भइरहेको छ ।

“शून्य रकममा बैंकमा खाता खोली आवास निर्माणका लागि एक सय ३६ परिवारलाई दोस्रो किस्ताबापतको रु. २० हजार रकम उपलब्ध गराउन थालेका छौँ”, उनले भने, “यसअघि पहिलो किस्ताबापत ती परिवारलाई रु. ३० हजारका दरले रकम उपलब्ध गराइएको थियो ।”

जसअनुसार वडा नं १ का १९, वडा नं २ का १०, वडा नं ३ का पाँच, वडा नं ४ का ११, वडा नं ५ का नौ, वडा नं ७ का २१, वडा नं ८ का ११, वडा नं ९ का १९, वडा नं १० का आठ, वडा नं ११ का तीन र वडा नं १२ का छ परिवारले दोस्रो किस्ताको रकम पाउने भएका छन् ।

कार्यक्रमअन्तर्गत नगरपालिकामा सुरक्षित आवासका लागि दुई सय ५६ जना छनोट भएकोमा तीमध्ये दुई सय ५६ परिवारले पहिलो किस्ताबापतको रकम पाइसकेको सव इञ्जिनियर ऐरले बताए । एक सय २१ परिवारले पहिलो र दोस्रो किस्ताबापतको रकम पाएर सुरक्षित आवास निर्माण गरी बस्दै आएका छन ।

“आफैँले सुरक्षित आवास बनाउन नसक्ने गरिबीको रेखामुनि रहेका र विपद् प्रभावित परिवार निकै जोखिमयुक्त अवस्थामा बस्दै आएका थिए”, नगर प्रमुख रणबहादुर महराले भने, “पराल, खरको छानायुक्त घरमा बस्दै आएका थिए, आगलागी, विषालु कीराको टोकाइको उत्तिकै डर थियो, बर्सातमा पानी पर्दा छाना चुहिएर बस्नै नसक्ने अवस्थामा थिए ।”

यिनै कारणलाई मध्यनजर गरी खरयुक्त छाना विस्थापन गरी जस्तापाता राख्नका लागि रकम उपलब्ध गराइएको उनले बताए । नेपालको संविधानमा प्रदत्त मौलिक हकमा नागरिकले सुरक्षित आवासमा बस्न पाउनुपर्ने व्यवस्था भएबमोजिम कार्य अगाडि बढाइएको उनको भनाइ रहेको छ ।

नागरिकलाई सुरक्षित र वातावरणमैत्री आवासको अधिकार प्रदान गर्नका लागि जस्तापाता खरिद र सहुलियत दरको काठलगायतका सामग्री खरिदका लागि कार्यक्रमअन्तर्गत रकम उपलब्ध गराइएको बताइएको छ । नगरपालिकाका प्राविधिक परिचालन गरी आगलागी तथा हावापानी थेग्न सक्ने गरी आवास निर्माण गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस