काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा बुधबार दिउँसो शिक्षामन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् ।
शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षामन्त्री भट्टराई बुधबार आफैँ किताबखाना पुगेकी हुन् ।
पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।
किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गरिन् ।
मन्त्रीहरूकै कारणले केही कुरामा आफूहरू समस्यामा पर्ने गरेको कर्मचारीहरूको गुनासो थियो ।