१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री पौडेलको घोषणा : क्यान्सरका बिरामीलाई किमो निःशुल्क गर्छौँ

अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्यूनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् ।

पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्य मन्त्री पौडेलले यस विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको बताएका हुन् ।

‘नेपालमा ६ जना महिलाको मृत्यु हुने, त्यसमा ४ जना पाठेघरको क्यान्सरबाट मृत्यु हुने कुरा सामान्य विषय होइन,’ स्वास्थ्य मन्त्री पौडेलले भने, ‘मेरो आमा, दिदीहरू, मेरा समकालीन साथीहरू थुप्रैको क्यान्सरका कारण मृत्यु भयो । थुप्रैले यो समस्या बोकेर बाँचिरहनुभएको छ ।’

अहिलेका किशोरी, बहिनीहरू, छोरीहरूलाई भ्याक्सिन उपलब्ध गराउन सक्यौँ भने भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट कसैले ज्यान गुमाउनु नपर्ने स्वास्थ्य मन्त्री पौडेलको भनाइ थियो । त्यसैका निम्ति यो खोप अभियान सुरु गरेको पौडेलले बताए ।

अहिले खोप अभियानमा सहभागीभन्दा माथिल्लो उमेर समूहलाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ गर्ने र जसमा क्यान्सर देखिन्छ उनीहरूको उपचार गर्ने पौडेलले बताए ।

क्यान्सर लागेको पत्ता लागिसकेकाहरूका लागि उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेहरूका लागि निः शुल्क गराउने तयारी भइरहेको पौडेलको भनाइ थियो ।

अबको केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई निःशुल्क गर्ने गरी व्यवस्था गरिने बताएका छन् । ‘किमो गर्न असाध्यै महँगो भएको, औषधि अत्यन्तै अनियन्त्रित रहेको, जति पैसा लिए पनि हुनेजस्तो स्थिति बनेको छ,’ स्वास्थ्य मन्त्री पौडेलले भने, ‘त्यसैले यसलाई व्यवस्थित गर्दै सर्वसुलभ र निःशुल्क गर्ने प्रक्रियामा हामीहरू लागिरहेको स्थिति छ ।’

उनले क्यान्सर नियन्त्रण रणनीति पास गरिसकेको र अब कार्यान्वयन गर्दै लैजाने जानकारी दिए । अहिले देशभरका ८ हजार २ सय विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाउन ५४ हजार जनशक्ति परिचालन गरिएको स्वास्थ्य मन्त्री पौडेलको भनाइ छ ।

अहिले आफूहरूले उपचार प्रणालीमा काम गरिरहेको र अब निरोधात्मक प्रणालीमा पनि काम गर्ने स्वास्थ्य मन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस