काठमाडौँ। मानव तस्करी तथा ठगीको अभियोगमा नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ताराप्रसाद खनाल पक्राउ परेका छन् ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले सोमबार काठमाडौँको महाराजगञ्जले पक्राउ गरेको एसएसपी दिपेन्द्र जिसीले बताए।
विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौँ ठगी गरेको अभियोग उनीमाथि छ । पीडितहरूको जाहेरीका आधारमा पक्राउ गरिएको जिसीले बताएका छन् । खनालमाथि थप अनुसन्धान भइरहेको जिसीले बताए ।