१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा शेखरलाई नबोलाएको भन्दै गुरुराज घिमिरेद्वारा रोष प्रकट

अ+ अ-

काठमाडौँ । पोखरामा जारी नेपाली काँग्रेसका ७ प्रदेशका सभापति, उपसभापति, जिल्ला सभापति र उपसभापतिहरूको अभिमुखीकरण कार्यक्रममा संस्थापन इतर पक्षका शेखर कोइरालालाई नबोलाएपछि नेता गुरुराज घिमिरेले रोष प्रकट गरेका छन् ।

नेता घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोजिएको भन्दै आरोप लगाएका छन् । उनले अभिमुखीकरण तालिम कार्यक्रम राम्रो हुँदाहुँदै पनि उदेकलाग्दो देखिएको उल्लेख गरेका छन् ।

‘यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोसिस गरेको छ।यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियो’, उनले लेखेका छन्, ‘यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरे पनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ ।’

नेता घिमिरेले पार्टी पद ओगटेका २, ४ व्यक्तिका लागि मात्रै नभएको पनि बताएका छन् । ‘पार्टी भित्रकोआफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिँड्न नसक्नु नेतृत्वको अफलता हो । पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरूभन्दा गतिलो ठान्नेहरू समेत चुइँक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाइ भएको छ’, उनले भनेका छन् ।

सातै प्रदेशका सभापति, उपसभापति र ७७ वटै जिल्लाका सभापति उपसभापतिहरूका आयोजित यो अभिमुखीकरण कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायत पदाधिकारी पोखरा पुगेका छन् ।

तर त्यसमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका प्रभावशाली नेता डा. शेखर कोइराला भने सहभागी छैनन् । उनले आफैँले कुनै पदाधिकारीले निम्तो नै नगरेको र आफूलाई टाढा-टाढा पार्न खोजिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस