१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८५ प्रतिशत पुग्यो नागढुंगा सुरुङमार्गको भौतिक प्रगति

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने सवारीसाधन सहजीकरणको लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।

आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

आयोजना निर्देशक ज्ञानेन्द्रकुमार झाका अनुसार आयोजना अन्तर्गत सुरुङ ब्रेक थ्रु भई अन्य काम भइरहेका छन् ।

अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत तीन वटा पुल अन्तर्गत बनिसकेका छन् । अब फ्लाइओभरको काम जारी छ ।

यो फ्लाइओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । टनेलभित्र फिनिसिङको काम जारी छ । जसले गर्दा भौतिक प्रगति ८५ प्रतिशत हाराहारी देखिन्छ ।

त्यस्तै मेन टनेलको ब्रेक थ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेक थ्रु भने ७ अगस्ट २०२३ मा गरिएको थियो ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको थियो । ०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा-आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर-सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो ।

सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर बनाइएको छ । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो छ । सुरुङमार्ग र पहुँचमार्ग समेत गरी कुल लागत भने २२ अर्ब रुपैयाँभन्दा माथि छ ।

प्रतिक्रिया दिनुहोस