६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशिक्षकसहित प्रतिष्ठा वृद्धिमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान सम्पन्न

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान व्यक्तित्व, सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने व्यक्तिहरूलाई सम्मान प्रदान गरिएको छ ।

आज वडामा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले सम्मान प्रदान गरेका हुन् ।

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । कार्यक्रममा स्वर्ण पदक विजेतालाई नगद १५ हजार रुपैयाँसहित सम्मान, कास्य पदक विजेतालाई नगद ५ हजार रुपैयाँसहित सम्मान तथा खेलाडीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

वडाका खेलाडीहरूले प्रथम खुला कास्की भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता २०८१, ललितपुरमा आयोजना गरिएको वडा स्तरीय खुला टेवुलटेनिस प्रतियोगितालगायत खेलमा पदक प्राप्त गरेका छन् ।

त्यस क्रममा तेक्वान्दो खेलका अन्तरराष्ट्रिय निर्णायक रमिला खत्री र गौरव रजक, टेबुल टेनिस प्रशिक्षक सुरजध्वज के.सी., तेक्वान्दो प्रशिक्षक नारायण पन्त, अनिल रजक, मिलन मगर, बास्केट बल प्रशिक्षक फणिन्द्रमान श्रेष्ठ र अञ्जिरमान प्रधानलाई खेल क्षेत्रको विकासमा योगदान दिए बापत सम्मान गरिएको थियो । यस्तै खेल संयोजन तथा व्यवस्थापनमा वडाका तर्फबाट संयोजन गर्ने वडा सदस्य प्रवेश श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष ख्यामराज तिवारीले पदक जित्न अरु सबै अवसर छोडेर समर्पित खेलाडीको जीविकोपार्जनका लागि सरकारले ध्यान दिनु पर्ने बताउँदै वडाले त्यस कार्यको थालनी गरेको बताए । ‘खेलमा भावना र प्रतिष्ठा दुवै जोडिएको हुन्छ । अन्तरराष्ट्रिय स्तरमा खेल्दा देशको पहिचान अभिवृद्धि हुन्छ । यसकारण खेलाडीहरूको प्रोत्साहनका लागि काम थालेका छौँ ।’ तिवारीले सन्तुलित विकासको प्रसङ्ग उठाउँदै उनले भने, ‘पूर्वाधार विकाससँगै सामाजिक, आर्थिक, शैक्षिक, जनजीवन, जीविकोपार्जन, आरोग्य जीवनलगायत समाजका सबै अङ्गको सन्तुलित विकासमा हाम्रो जोड छ ।’

त्यस क्रममा पूर्व वडाध्यक्ष विश्वम्भरलाल प्रधानले भने, ‘राजा त्रिभुवनका पालामा नेपालको औपचारिक फुटवल प्रशिक्षण लैनचौरबाट भएको हो । यसकारण वडा नं. २६ खेल विकासको उर्वर भूमि हो ।’ उनले ४० वर्ष अघिको कार्यक्रम स्मरण गर्दै भने, ‘म वडाध्यक्ष भएको समयमा यसैगरी खेलाडीहरूलाई सम्मान गरेको थिएँ । लामो समयपछि आज त्यस बेलाको कार्यक्रम जोडिएको छ । यो खुशीको कुरा हो ।’

वडा सदस्य एवं खेलकुद संयोजक प्रवेश श्रेष्ठले खेल विकासका योजना सुनाउँदै भने, ‘हामी तत्काल विभिन्न ५ वटा विधाका खेलका कार्यक्रम सञ्चालन गर्दैछौँ । हामीले सञ्चालन गर्ने खेलले युवाहरूको सक्रियतालाई बढाउने, स्वच्छ समाज निर्माणमा योगदान हुने आशा गरेका छौँ ।’

तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री गौरव रजकले भने, ‘पदक लिनका लागि हामीले खेलबाहेक सबै अवसर छोडेका हुन्छौँ । यसरी अवसर छोडेर देशको प्रतिष्ठाका लागि खेल खेल्नेहरूलाई सरकारले सम्झना गर्दा हर्षविभोर हुने रहेछ । वडाले प्रदान गरेको सम्मानबाट यस्तै महसुस भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस