१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी निकायबाट सेवा प्रवाह भए-नभएको अब सीधै प्रधानमन्त्री कार्यालयबाट अनुगमन गरिने 

अ+ अ-

काठमाडौँ । सरकारले सरकारी निकायबाट समयमै कार्यसम्पादन र सेवा प्रवाह भए नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रबाट नियमित रूपमा अनुगमन गर्ने भएको छ ।

तोकिएको समयावधिमा कुनै सार्वजनिक पदाधिकारीले सेवा प्रवाह एवं कार्यसम्पादन नगरी आवश्यक ढिलाइ गरेमा सम्बन्धित मन्त्रालयका सचिव वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेला सरकार कक्ष (टोल फ्रि नम्बर ११११) मा गुनासो टिपाउन सरकारले अनुरोध गरेको हो ।

साथै प्रदेशमा सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव एवं जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष आफ्नो गुनासो टिपाउन सम्बन्धित सबैमा अनुरोध गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

प्रवक्ता आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक कार्यालयबाट सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने विभिन्न सेवा तोकिएको समयभित्र अनिवार्य रूपमा प्रदान गर्ने एवं समयमै कार्यसम्पादन गर्ने तथा कम्प्यूटरीकृत सूचना प्रविधिलाई नागरिक एपसँग अन्तर आबद्धता गरी शीघ्र सार्वजनिक सेवा प्रवाह गर्ने व्यवस्थपनका लागि नेपाल सरकारका सबै मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं सबै महानगर, उपमहानगर, नगर, गाउँ कार्यपालिका कार्यालयमा हार्दिक अनुरोध छ ।’

सार्वजनिक कार्यालयमा कामका फाइल अड्काउने, कामको समयावधि लम्ब्याउने र यसबाट सेवाग्राहीले दुःख पाउने स्थितिलाई अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा निर्देशन दिइसकेका छन् ।

यस्तै संघीय संसदको प्रतिनिधि सभामा माघ १८ गतेको सम्बोधनमा समेत यस्तो प्रवृत्ति अन्त्य गर्न कानूनी र प्रविधिगत सुधार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ मार्फत सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन २०६४ मा परिमार्जन गरिएको जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस