काठमाडौँ । धनगढीको नोभा हस्पिटलमा एक जना युवकको शौचालयमा मृत फेला परेका छन् ।
बुधबार राति २ बजे कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले प्रशासनलाई बताए ।
प्रहरीका अनुसार बोहरा राति २ बजे शौचालय गएका उनी धेरै बेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटेको हो ।
उनी १७ महिनाका भतिजालाई उपचारको लागि नोभा हस्पिटलमा आएका थिए । अहिले मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।