झापा । मेची रंगशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्ड कप’ प्रतियोगिता हुने भएको छ ।
फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद रु. १३ लाख र उपविजेतालाई रु. सात लाख प्रदान गरिने भद्रपुर झापा गोल्ड कप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताए । प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, मुलुकका अन्य विभागीयसहित पाँच वटा ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र बंगलादेशका क्लब सहभागी हुने उनले जानकारी दिए ।
रंगशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिट मर्मत तथा रङ रोगन कार्य धमाधम भइरहेको छ । बाँसको अस्थायी प्यारापिट निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।