११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो युनिलिभर नेपालको नाफा

अ+ अ-

काठमाडौँ । सेयर बजारमा सबैभन्दा मूल्यवान् रहेको युनिलिभर नेपालको नाफा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १३.४९ प्रतिशत बढेको हो । कम्पनीले चालु आवमा पुस मसान्तसम्म ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४२ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो । यस्तो आम्दानी पहिले १ अर्ब ८४ करोड रहेकोमा अहिले १ अर्ब ९४ करोड छ ।

कुल खर्च घटाउन समेत कम्पनी सफल भएको छ । पहिले कुल खर्च १ अर्ब ४१ करोड रहेकोमा अहिले १ अर्ब ३९ करोडमा झरेको छ । नाफा बढेसँगै प्रतिसेयर आम्दानी बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी २ हजार ७९ रुपैयाँ छ । पहिले यस्तो आम्दानी २०७५ रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ४ हजार २१४ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ हजार २ रुपैयाँ छ । यो मूल्यका आधारमा मूल्य आम्दानी अनुपात २२.१२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस