६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अबको एक वर्षमा नेकपा एस आशा जगाउने पार्टी बन्ने घनश्याम भुसाल दाबी  

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकले गणतान्त्रिक नेपालको कार्यक्रम र ऐजेन्डा बोकेको पार्टी खोजेको बताएका छन् । 

उनले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशाभन्दा बढी निराशा र उकुसमुकुस बनाएको बताउँदै अब कार्यक्रम र ऐजेन्डा स्पष्ट भएको पार्टीको आवश्यकता रहेको बताए ।

एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आफूहरू त्यही गणतान्त्रिक नेपालको एजेन्डा बोक्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउने अभियानमा रहेको बताएका हुन् ।

उनले जनताको आधारभूत समस्या हल गर्दै आत्मनिर्भर कृषि प्रणालीबाट राष्ट्रिय पुँजीको विकास गर्दै रोजगारीको ग्यारेन्टी गर्न योजना र कार्यक्रमसहितको पार्टीको आवश्यकता रहेको बताए ।

‘युवा पलायन रोक्न, आर्थिक सामाजिक विकास गर्न, अब जिम्मेवार क्रान्तिकारीहरू एकजुट हुने बेला आएको छ’, महासचिव भुसालले भने, ‘अहिले हामी यही काममा खटिएका छौँ ।’

अगुवा कार्यकर्ताहरू समेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको नेकपा एकीकृत समाजवादीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्ने निष्कर्षमा पुगेको बताए ।

उनले अबको एक वर्षभित्र नेकपा एकीकृत समाजवादी मुलुकमा आशा जगाउने पार्टी बन्ने दाबी गरे । उनले आफूहरूले आगामी एक वर्षभित्र गणतान्त्रिक नेपालको स्पष्ट ऐजेन्डा र कार्यक्रमबाट पुष्टि गर्ने बताए । उनले महाधिवेशनबाट संघर्ष र आन्दोलनबाट पार्टी गठन गर्ने कार्यदिशा पारित गरेकाले आफूहरूसँग मात्रै स्पष्ट एजेन्डा रहेको बताए । उनले अब छिट्टै केन्द्रीय कमिटीको बैठक लगतै राजनीतिमा देखिएको सन्नाटालाई चिर्ने गरी जनताको बिचमा जाने बताए ।

उक्त अवसरमा महासचिव भुसालले नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य रामप्रसाद अर्याल, नेकपा एमाले निकटको मजदुर संगठनमा क्रियाशील नेता राजु थापा, वाइसिएल नेता आशिष विक, मेघराज भट्टराईलाई पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस