७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९३ मेलमिलापकर्ताले लिए शपथ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार कसुर मुद्दामा मेलमिलापकर्ताको जिम्मेवारी प्राप्त गरेका ९३ जना कानुन व्यवसायी तथा मेलमिलापकर्ताले शपथ लिएका छन् । वैदेशिक रोजगार न्यायाधीकरणले आज आयोजना गरेको कार्यक्रममा न्यायाधिकरणका अध्यक्ष गोकर्ण डाँगीले उनीहरूलाई शपथ गराए । 

न्यायाधीकरणले गत पुस १ गते सोसम्बन्धी कसुर मुद्दामा मेलमिलापकर्ताका रूपमा काम गर्न सूचीकृत भएका कानुन व्यवसायी तथा मेलमिलापकर्ताको टुंगो लगाएको थियो । वैदेशिक रोजगारीमा हुने संस्थागत र व्यक्तिगत ठगीसम्बन्धी मुद्दाको फैसला (वैदेशिक रोजगार विभागबाट सजाय हुने भनी लेखिएका बाहेक) न्यायाधिकरणबाट हुँदै आएको छ । 

इजाजतपत्र बिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, इजाजतपत्रवालाले स्वीकृति नलिई कामदार विदेश पठाएमा, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएमा, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेमा तथा इजाजत पत्रवालाले व्यक्तिगत रूपमा कामदार पठाएर ठगी गरेको मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र यस न्यायाधिकरणको रहेको छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका कुल तीन सय ८१ मुद्दामध्ये दुई सय २९ फैसला भएका र त्यसमध्ये ५४ वटा मेलमिलापबाट टुङ्ग्याइएको न्यायाधिकरणका रजिष्ट्रार दिनेश आचार्यले जानकारी दिए । चालु आवको पुस मसान्तसम्म गत आवको जिम्मेवारी सरेको एक सय ५२ र नयाँ दर्ता भएका ९९ मुद्दामध्येबाट ९० वटा फैसला भएका र त्यसमा २८ वटा मिलापत्रबाट टुंगीएको न्यायाधीकरणले जनाएको छ । 

रजिष्ट्रार आचार्यले पीडक र पीडितबीच मेलमिलाप गराएर शीघ्र न्याय दिलाउने र सबैलाई जितको भावना दिलाउने वातावरण बनाउनु मेलमिलापकर्ताको दायित्व रहेको बताए । 

प्रतिक्रिया दिनुहोस