१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनियन्त्रित डढेलो नियन्त्रणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको सर्वपक्षीय अनुरोध

अ+ अ-

काठमाडौँ । समुन्द्र सतहदेखि तीन हजार ८३२ मिटरको उचाइमा फैलिएको डढेलो नियन्त्रणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले सर्वपक्षीय सहयोगको आह्वान गरेको छ ।

निकुञ्जको आधार इलाकामा पर्ने नुवाकोट जिल्लाको दुप्चेश्वर गापा-१ मूलथला क्षेत्रको जंगलमा यही माघ २२ गतेदेखि अचानक लागेको डढेलो अनियन्त्रित भएपछि सहयोगका लागि अपिल गरिएको हो ।

सो निकुञ्जको नुवाकोटतर्फको आधार इलाकामा फैलिएको डेढेलोले अहिलेसम्म करिब १५ हेक्टर वन क्षेत्र सखाप पारेको र डढेलो तीव्र रूपमा फैलिरहेको निकुञ्जले जनाएको छ ।

लालीगुराँसलगायत विविध प्रजातिको वनस्पति भएको एक हजार ५०० भन्दा बढी हेक्टर बन जंगल आगोको चपेटामा परिसकेको बताउँदै निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले निकुञ्ज संरक्षणमा तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीको प्रयासले मात्र आगो नियन्त्रण गर्न कठिनाइ परेको बताए ।

डढेलो निभाउनका लागि स्थानीय जनसमुदाय, सामाजिक सङ्घसंस्थासहित  हेलिकोप्टर कम्पनीहरूसँग समेत सहयोग माग गरिएको उनले जानकारी दिए ।

यो वर्ष हिमपात र पानी नपरेपछि सुक्खा खडेरी बढेको र जंगलमा पातपतिंगर समेत बढेकाले आगो नियन्त्रणका लागि माथिबाट पानी छ्याप्नेभन्दा अन्य विकल्प नभएकाले हेलिकोप्टर व्यवस्थापनका लागि रसुवा तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी र निकुञ्ज विभागलाई अनुरोध गरिएको निकुञ्जले स्पष्ट गरेको छ ।

विसं २०३२ मा स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्जमा ५७ प्रतिशत रसुवा, सात प्रतिशत नुवाकोट र ३६ प्रतिशत सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्र समेटिएको छ । बर्सेनि डढेलोको चपेटामा पर्ने सो क्षेत्रको संरक्षण अभियानमा साथ दिन निकुञ्जले स्थानीय समुदायसँग अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस