६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजिअ जोशीद्वारा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण 

अ+ अ-

डोटी । डोटीमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र उपलब्ध गराएका छन् । 

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका अन्तरगत वडा नम्बर ५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रजिअ जोशीले आफै घरमै पुगेर नागरिकता उपलब्ध गराएका हुन् । 

शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण नागरिकता लिन प्रशासन कार्यालय सम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नेपाली नागरिकता प्रदान गरेको प्रजिअ जोशीले बताए । उनले भने, “हामीले एक जना मानसिक तथा शारीरिक र एक जना शारीरिक रूपमा अशक्त भएका व्यक्तिलाई नागरिकता उपलब्ध गराएका छौ । उहाँहरूले पहिला बालक परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ता पाइरहनु भएको रहेछ, अहिले नागरिकता पाउने उमेर भएको तर कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुने भएपछि घरमै नागरिकता उपलब्ध गराएका हौँ ।

 राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट कुनै पनि नागरिक कुनै कारणले वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ उनीहरूको शारीरिक र आर्थिक समस्यालाई मध्यनजर गरी घरमै नागरिकता दिइएको प्रजिअ जोशीले बताए । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही यस्ता व्यक्तिहरू छन् जो प्रशासन कार्यालय सम्म आउन सक्ने अवस्थाका छैनन् जानकारी पाएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने समेत  प्रजिअ जोशीले बताए । 

गाउँपालिकाको सहजिकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पुरा गरेर घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको अध्यक्ष गड्सिलाले बताए ।

प्रतिक्रिया दिनुहोस