७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतगणना सुरु

अ+ अ-

काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज मतदान सकिएर मतगणना सुरु भएको छ । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताको निर्वाचन मण्डलबाट एक जनाको हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि आजै मतदान भएको थियो ।

बागमती प्रदेश निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बागमती प्रदेश पार्षद्को सर्वोच्च अदालत परिसरमा मतदान सम्पन्न भइ मतगणना सुरु भएको हो । उनका अनुसार चार हजार एक सय ७९ मत खसेको छ । बागमती प्रदेशमा आठ हजार दुई सय मतदाता रहेका छन् ।

सातै प्रदेशमा एकरएक पार्षद् छान्नका लागि देशभर ११ हजार मतदाता रहेका छन् । परिषद्को बागमती प्रदेश पार्षद्का लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिएका छन् ।

महान्यायाधीवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनका निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतका  रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयका डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छन् । यसअघि बागमती प्रदेशको पार्षद्मा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए । परिषद्को पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस