काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव आजदेखि नयाँ कार्यकक्षमा सरेका छन्। शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको कार्यकक्ष जलेर पूर्ण क्षति भएको थियो ।
मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरु गरेको उनको सचिवालयले जनाएको छ ।