काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज अपराह्न ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ। बैठकमा एक जना सचिवको बढुवासहित केही महत्वपूर्ण प्रशासनिक निर्णय हुने अपेक्षा गरिएको छ।
प्रशासन उच्च स्रोतका अनुसार, बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरू माथि छलफल हुनेछ। साथै, एक जना अतिरिक्त महानिरीक्षक(एआइजी) को अवकाशसम्बन्धी निर्णयसमेत एजेन्डामा रहेको छ।
बैठक आज अपराह्न ४ः०० बजेका लागि तय गरिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै बैठक सारिन सक्ने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ।