८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइन जुवा खेलाउने २३ जना पक्राउ

अ+ अ-

काठमाडौँ । अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा २३ जना पक्राउ परेका छन्। 

भारत बिहार राज्य बाका घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-३ गैरीगाउँ बस्ने २२ वर्षीय वकिल कुमार यादव समेत २३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

घरमा अनलाइन जुवा खेलाई रहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढा नीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई ८१ हजार रुपैयाँ, विभिन्न कम्पनीका ८८ थान मोबाइल र १० थान ल्यापटपसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

यसअघि पनि ललितपुरको सानेपामा रहेको दुईवटा घर भाडामा लिएर ठगी गर्ने २४ जना पक्राउ परेका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न आठवटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक थिए। 

उक्त समूहले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेका हुन्। प्रहरीका अनुसार भारतमा बस्दै आएका एक व्यक्तिले ६ महिनाअघि उक्त दुईवटा घर भाडामा लिएका थिए।  

प्रतिक्रिया दिनुहोस