७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाशमान सिंहले भने-जनप्रतिनिधिले सबैको हुँ भन्ने ठानेर काम गर्नुपर्छ

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहकारी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिले सबै पार्टी र समुदायको हुँ भन्ने ठानेर जनताका समस्या समाधानमा क्रियाशील हुनुपर्ने बताएका छन् ।

निर्वाचनका बेला आ-आफ्ना राजनीतिक एजेण्डासहित प्रतिस्पर्धा गरे पनि निर्वाचित भइसकेपछि ऊ सबैको जनप्रतिनिधि हुने बताउँदै उनले विकास निर्माणको काम सबै दलले मिलेर गर्नुपर्ने उनको भनाइ छ ।

‘विकास निर्माणको काम सबै दलले मिलेर गर्नुपर्छ । के काँग्रेस, के एमाले, सबै समुदाय मिलेर जनताका समस्या समाधानमा प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्छ,’ उनले भने । अहिले त्यही राजनीतिक संस्कार विकास गर्ने प्रयास गरिरहेको उनले बताए ।

अहिलेको सरकार जनताको विकासको आकांक्षा सम्बोधन गर्न र राजनीतिक स्थायित्व प्रदान गर्न बनेको जिकिर गर्दै उनले हरेक नेपालीका समस्या समाधान गर्न प्रयत्नशील रहेको बताए । ‘राजनीतिक स्थायित्व दिन यो सरकार बनेको हो । राजनीतिक स्थिरता विना विकास सम्भव नहुने हाम्रो अनुभवले बताइसकेकाले हरेक नेपालीकाको जीवन र जीविकाका सवाल सम्बोधन गर्न सरकारले काम गरिरहेको छ,’ उनले भने ।

अधिकारका कुरा गर्नेहरूलाई त्यससँगै आफूले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई नभुल्न उनले आह्वान गरे । ‘अधिकारका कुरा त हामी गर्छौँ, सँगसँगै निर्वाह गर्नुपर्ने दायित्व पनि त हामीले बिर्सनु भएन,’ उनले भने, ‘हामीले धेरै लामो संघर्ष गरेर संघीय गणतन्त्रात्मक संविधान पाएका छौँ । त्यसैलाई संरक्षण र कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस