काठमाडौँ। गृहमन्त्री रमेश लेखकसँग ‘नो केबलकार’ समूहले वार्ता गरेको छ । वार्ता सकारात्मक भएको भए बताइएको छ ।
वार्तामा सहभागी एक सांसदका अनुसार तत्कालका लागि आन्दोलन रोक्ने, निरन्तर वार्ता जारी राख्ने सहमति भएको छ ।
उनका अनुसार आन्दोलनले थप विरोधका कार्यक्रम स्थगित गर्ने र वार्तालाई निरन्तरता दिई बीचमा रहेर सम्झौता गर्ने सहमति भएको छ ।