काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गर्न माग गरेकी छन्।
सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकको विरोध गर्दै कि गुठी विधेयकको विरोध जस्तै जबसम्म जनता सडकमा उत्रिँदैनन्, सरकारले नसुन्ने हो ? भन्दै प्रश्न गरेकी छन्।
उनले भनेकी छन्, ‘एउटा सांसद भएर पनि, म किन सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दै छु। हो, सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा दर्ता हुनुपर्छ, गुनासो व्यवस्थापन चाहिन्छ तर पहिले मस्यौदा ल्याउनुहोस्। सार्वजनिक बहस चलाउनुहोस्। जनतासँग अख्तियारी लिएर कानून बनाउनु होस्।’
आज अनलाइनमा युवा उत्रिसकेको भन्दै डिजिटल हस्ताक्षर गरेर विधेयक फिर्ता हुनुपर्ने माग राख्दै विरोध जनाइरहेको उनको भनाइ छ।