७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

अ+ अ-

काठमाडौँ । पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५४ अंकले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

आज २९९ कम्पनीका एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता शेयर ७२ हजार ९४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब २४ करोड ६२ लाख २१ हजार २६० बराबरको कारोबार भएको छ ।

विकास बैंक समूह दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ५७, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य एक र म्युचुअल फन्ड शून्य दशमलव ५२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २०, वित्त शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव ४७, जीवन बीमा शून्य दशमलव शून्य आठ, लघुवित्त शून्य दशमलव शून्य चार, निर्जीवन बीमा शून्य दशमलव ४३, व्यापार एक दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रु ३६ करोड ८१ लाख ८२ हजार ८९८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको सबैभन्दा धेरै सात लाख १२ हजार १०० कित्ता शेयर किनबेच भएको छ । 

प्रतिक्रिया दिनुहोस