४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थसचिव उपाध्यायलाई स्वागतसँगै डा. घिमिरेको बिदाइ

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयको नयाँ सचिवका रूपमा घनश्याम उपाध्यायले पदभार ग्रहण गरेका छन्। मन्त्रालयमा आयोजित विशेष समारोहमा उपाध्यायलाई स्वागत गरिनुका साथै हालैसम्म अर्थ सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।

सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई अर्थ सचिवमा नियुक्त गर्दै डा. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार उपाध्यायले जिम्मेवारी सम्हाल्दै मन्त्रालयका प्राथमिकताहरूबारे प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उपाध्यायको कार्यकालमा अर्थतन्त्रसँग सम्बन्धित प्रमुख चुनौतीहरू समाधान हुने आशा व्यक्त गरे। उनले अर्थ सचिवका रूपमा डा. घिमिरेले अर्थतन्त्रलाई अनुशासन र गतिशीलतासहित अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै मन्त्रालयले आगामी दिनमा पनि उनको अनुभव र मार्गदर्शन लिने बताए।

नवनियुक्त अर्थ सचिव उपाध्यायले सरकारको विश्वासप्रति आभार व्यक्त गर्दै राजस्व वृद्धि, पूँजीगत खर्च प्रवर्द्धन, अनावश्यक खर्च नियन्त्रण, उत्पादन वृद्धि तथा लगानीमैत्री वातावरण सिर्जना गर्न आफ्नो नेतृत्व सक्रिय रहने बताए।

त्यसैगरी, निवर्तमान सचिव डा.घिमिरेले सरकारको विश्वास पाएर राजस्व सचिव र अर्थ सचिवका रूपमा जिम्मेवारी सम्हाल्न पाएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको अर्थतन्त्रलाई सबल र गतिशील बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

नयाँ नेतृत्वसँगै अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका प्रमुख आर्थिक नीतिहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै समग्र अर्थतन्त्रलाई सबल बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार : सरकारले फेर्‍यो अर्थ सचिव, अख्तियार सचिव उपाध्यायलाई जिम्मेवारी
सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको सिफारिस

प्रतिक्रिया दिनुहोस